हडतालमा उत्रिएका व्यवसायीको रुट परमिट खारेज गरिँदै

हडतालमा उत्रिएका व्यवसायीको रुट परमिट खारेज गरिँदै


आम यात्रुलाई असुविधा पुर्याउँदै यातायात हडतालमा उत्रिएका व्यवसायीहरुको रुट परमिट खारेज गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले देशभर गाडी नचलाउनेहरुको तथ्यांक संकलनको काम विभागले गरिरहेको जानकारी दिँदै उनीहरुको रुट परमिट खारेज गर्न गृहमन्त्रालयमा निवेदन दिन लागेको जानकारी दिए । उनका अनुसार सरकारले आज साँझ नै रुट परमिट खारेज गरिएको घोषणा गर्ने प्रवल सम्भावना छ ।