रोशी पुल निर्माणको दुई महिनामै भासियो

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं. ११ बल्थली जोड्ने रोशीखोलाको पुल निर्माण भएको दुई महिनामै साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । तीन करोड रुपैयाँको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ…