निर्माण नसक्दै मगर संघको कार्यालय उदघाटन

हेमशंकर सिंह, राजविराज सप्तरीको वीरेन्द्र बजारमा नेपाल मगर संघ रुपनी गाउँपालिकाको कार्यालय उद्घाटन गरिएको छ । निर्माणधीन अवस्थामै रहेको भवनको रुपनी गाउँपालिका ६ का वडाअध्यक्ष गोविन्द सिंह थापा मगरले बिहीबार एक समारोहका बीच भवन उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै वडा अध्यक्ष मगरले मगर संघको भवनलाई पूर्णता दिन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।…