सडकमा पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध

मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए । सडकमाथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावत अवरुद्ध भएको तिम्सिनाले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो पन्छाउन आज (बिहीबार) दिनभर…