जर्नेल, कर्णेल जम्मा भई सेनाको ब्यारेकमा केरकार

– गोपाल पराजुली ०६२ को चैत अन्तिमतिर मलाई कायममुकायम मुख्य न्यायाधीशको कार्यभार सम्हाल्न महेन्द्रनगर जानू भनी तत्कालीन प्रधानन्यायाधीश दिलीप पौडेलबाट निर्णय भयो । त्यसबेला देशमा अत्यन्तै विकराल स्थिति थियो । सबै राजनीतिक दल मिलेर देशमा गणतन्त्र स्थापनाका लागि आन्दोलन चर्काइरहेका थिए । यातायात, कलकारखाना, शैक्षिक संस्था सबै बन्द थिए । मानौँ सिङ्गो मुलुक नै ठप्प…