राति ११ बजेसम्म पर्यटक हिँड्न सक्ने वातावरण बनाउनुपर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राजधानीमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिएका छन् । विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भूसम्मको पदयात्रा कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दैै उनले राजधानीको आवश्यकता धान्नलाई पनि रातिसम्म घुमफिर गर्न सक्ने गरी व्यवस्थापन गरिनुपर्ने बताए । ‘राति ११ बजेसम्म पर्यटक घुम्न…