किन ‘आफ्नै’ विमानबाट चाइना उडे ओली ?

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नोसमेत साझेदारी रहेको विमान लिएर चीन भ्रमणमा जानुभएको चर्चा राजधानीमा चलेको छ । इन्भेष्टमेन्ट बैंकका मालिक पृथ्वीबहादुर पाँडे र यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाको ५१ तथा तिब्बतीयन एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको भनिएको हिमालय एयरलाइन्सको विमान लिएर ओली यतिबेला जम्बो टोलीसहित चीन भ्रमणमा हुनुहुन्छ । ३० चैतदेखि नियमित उडान अनुमति लिएको…