छाती दुखेर औषधि गर्न आएका एक बिरामीको यहाँस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । एड्भान्स हेल्थ केयर सेन्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरुका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अस्पतालविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मृतक मगर बस काउन्टर, दमकका कर्मचारी…