दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी महानगरीय प्रहरी काठमाडौंले नगरिक सुरक्षाका कृही टिप्स जारी गरेको छ । सुरक्षा सुरक्षा व्यवस्था चुस्त तुल्याउनका लागि प्रहरीसँगै नागरिकको पनि महत्वपूर्ण भूमिका रहने भन्दै महानगरीय प्रहरी कार्यालयले नागरिक समुदायलाई आह्वान गरेको सार्वजनिक अपिलमा आफ्नो टोल, छिमेक तथा सार्वजनिक स्थानमा शंकास्पद व्यवहार भएको देख्नेवित्तिकै प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ…