निगमले जापानको नारितामा साताको तीन उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको विज्ञप्तिमार्फत…