माओवादी पार्टी कि भूपूमन्त्री कारखाना ?

प्रधानमन्त्रीलाई दबाब दिएर गत साता एनेकपा माओवादीले मन्त्रिमण्डलमा झन्डै दर्जनको सङ्ख्यामा मन्त्री थपेपछि उसले निकट भविष्यमै सम्भवत: सबैभन्दा धेरै भूपूमन्त्री भएको दलको परिचय हासिल गर्नेछ । हुन त दोस्रो जनआन्दोलन भनिएको आन्दोलन सफल भएयता देशले छोटो कालखण्डमै प्रशस्त भूपू प्रधानमन्त्री, मन्त्री, सहायकमन्त्री, राज्यमन्त्रीहरू पाएको छ । सङ्क्रमणकालको बहानामा मुलुकको ढुकुटीमा ब्रह्मलुट भएको छ । यस…