जेलेन्स्कीको हत्या गर्ने ‘रुसी षड्यन्त्र’ विफल बनाइएको युक्रेनको दाबी

युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा षड्यन्त्र गरिएको आरोप लगाउँदै उक्त षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिइएको बताएको छ । किएभका अनुसार युक्रेनी नेतालाई रुसले धेरै अवसरमा निशाना बनाएको छ, जसमध्ये सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणको सुरुआत पनि समावेश छ । युक्रेनको सुरक्षा सेवाले रुसको सङ्घीय सुरक्षा सेवाद्वारा सञ्चालित…