स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

सागर सुवेदी, अष्ट्रिया अष्ट्रियाको छिमेकी मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । मध्य स्लोभाकियास्थित एक सानो शहर हान्लोभामा गोली प्रहार भएको जनाइएको छ । अष्ट्रियाली समाचार संस्थाले जनाएअनुसार प्रधानमन्त्री फिकोको पेट र हातमा कम्तिमा तीन वटा गोली लागेको छ । गोली चलाउने संदिग्ध व्यक्तिलाई स्लोभाकिस सुरक्षा निकायले तत्काल गिरफ्तार गरेको छ भने…