फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि यौनपीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई यौनपीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ । राष्ट्रपति म्याक्रोनले बिहीबार चारैतिरबाट यौन आक्रमणकारीहरूको पक्षमा रहेको आरोपको सामना गर्नुपरेको छ । फिल्म आइकन जेरार्ड डेपार्डियो बलात्कार र यौन दुर्व्यवहारको आरोप खेपिरहेका बेला राष्ट्रपतिलाई समेत उनको पक्षमा नरम रहेको आरोप लागेको छ । बुधवार राष्ट्रपति म्याक्रोनसँग लिइएको टेलिभिजन अन्तर्वार्तामा अभिनेता डेपार्डियोलाई प्रदान…