आकाशमै ठोक्किए दुई विमान, चारको मृत्यु

अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुईवटा साना विमान आकाशमै एक–आपसमा ठोक्किँदा त्यसमा सवार चारैजनाको मृत्यु भएको छ । प्रहरीले दुवै विमानमा एक–एकजना पाइलट र एक–एकजना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । दुवै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान…