वीरगञ्जज उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ मा देशको शिर उच्च तुल्याएको भन्दै वीरगञ्जका क्रिकेटर आसीफ शेष र आरीफ शेषलाई उपमहानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । वीरगञ्जजनिवासी उनीहरू सहोदर दाजुभाइ हुन् । विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका…