नारद कोहार, तौलिहवा कपिलवस्तु प्रहरीले अवैध २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । अवैध भारतीय रुपियाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बिहीबार राति ९ बजे प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका-२ जमुवारपुलबाट भैरहवाको तौलिहवातर्फ आउँदै गरेको कार चेकजाँच…