एपी कुनै समय बाह्रै महिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रूखहरूको पङ्तीको बीचमा बतास चल्ने फराकिलो खाडल छ र, यहाँ सुख्खा बालुवा, धूलो र हजारौँ मरेका माछाहरूको अवशेष देखिन्छ । लामो खडेरीले यूरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुख्खा र फुटेका जलाशयहरूदेखि डेन्यूब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा…