इरानले सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध नभएको जनाएको छ । उसले रुस्दीलाई भने दोषारोपण गरेको छ । ७५ वर्षीय रुस्दी शुक्रबार न्युयोर्क राज्यमा आयोजित एक कार्यक्रममा छुरा प्रहारमा परेका थिए । उनको उपन्यास दी सटानिक भर्सेसलाई लिएर उनीमाथि मृत्युदण्डको 'फतवा' जारी गरिएको थियो । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले इरानी सञ्चारमाध्यमहरूले आक्रमणमा खुसी प्रकट गरेको…