रुस्दीमाथिको हमलाबारे इरानी पत्रिका लेख्छ- ‘शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ’

शुक्रबार न्युयोर्क राज्यको एक कार्यक्रममा छुरा प्रहारमा परेका चर्चित लेखक सलमान रुस्दीप्रति सहानुभूति जनाउँदै अहिले उनको स्वास्थ्यलाभको कामना भइरहेको छ । तर, यही बेला उनीमाथिको हमलालाई प्रशंसा गर्ने पनि देखिएका छन् । रोयटर्सका अनुसार दी सटानिक भर्सेसका लेखक भेन्टिलेटरमा उपचार गराइरहेका बेला इरानका केही ‘हार्डलाईन’ सञ्चारमाध्यमहरूले उनीमाथिको हमलाको प्रशंसा गरेका छन् । शुक्रबार उनीमाथि चक्कु…