मंकीपक्स भाइरसबाट अफ्रिकाबाहिर पहिलोपटक मृत्यु

मंकीपक्स भाइरस संक्रमणका कारण अफ्रिकाबाहिर पहिलोपटक मृत्यु भएको छ । ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मंकीपक्स संक्रमणबाट मृत्यु भएको हो । ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ । त्यस्तै, स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…