डम्बर निदाल, डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आसन्न स्थानीय तह निर्वाचनका लागि चहलपहल शुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सरगर्मी बढेसँगै स्थानीय तहअन्तर्गत ५२ वडाका लागि हुने आगामी स्थानीय तहको निर्वाचन रोचक हुने देखिएको छ । डडेल्धुरामा गठबन्धनलाई सत्तारुढ दलका जिल्ला-नेताहरूले सहज रूपमा लिए पनि सत्तारुढ दल…