नयाँ नेतृत्वको लागि मंसिर २९ गते निर्वाचन परराष्ट्र मन्त्रालयद्वारा परिपत्र जारी गरी आकस्मिक रूपमा स्थगित गरिएको गैरआवासीय नेपाली सङ्घको १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी पुसको पहिलो साता अयोजना हुने भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएअनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भएको छलफलपश्चात् आगामी डिसेम्बर १९ र २० (पुस…