सनत आचार्य, बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ । मतदानको क्रममा आन्तर्पेनमा भएको झडपपछि आइतबार बेलुकी शुरु गर्नुपर्ने मतगणना सोमबार मध्यरातबाट लुभेन शहरमा शुरु गरिएको थियो । पछिल्लो अवस्थाको सुक्ष्म अध्ययनपश्चात् निर्वाचन आयोगले सर्वपक्षीय भेला गरी आन्तर्पेनमा पुनः मतदान नगर्ने र जे-जति मतहरू खसेका छन् ती मतलाई नै मान्य हुने…