अन्तर्वार्ता गण्डकी प्रदेशमा मन्त्रीको शपथ ग्रहण गर्न गत शुक्रबार (साउन ८) गृहजिल्ला तनहुँबाट हतारिँदै पोखरा पुगेका दोबाटे विकको नाम एकाएक काटियो । उनको स्थानमा कास्कीका धनाड्य व्यवसायी विन्दुकुमार थापाले मन्त्रीको रूपमा शपथ लिए । मन्त्रीको शपथ लिन गएका दोबाटेचाहिँ त्यत्तिकै अलपत्र पारिए । दोबाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोबर्द्धन पोखरेलले राजनीतिमा ल्याएका थिए, तर…