गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त

गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल (चितवन) र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव (सप्तरी)लाई नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले शीतल निवासमा…