पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३,०५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४६० जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या २,८०,९८४ पुगेको छ । मंगलबार काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना…