आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा सम्वेदनशील बन्न चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारसँग आग्रह गरेको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार एक पत्रकार सम्मेलनमा ‘जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ, यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्’ भन्ने अभिव्यक्ति दिएका…