पूर्वराष्ट्रपतिको रुपमा हस्तक्षेपकारी भूमिका खेलिरहने संकेत अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा 'पूर्व राष्ट्रपतिको कार्यालय' स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 'पूर्वराष्ट्रपतिको कार्यालयबाट उनले पूर्वराष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,' उनका सहयोगीहरुले भनेका छन् । सो कार्यालयबाट पत्र…