नेपालको न्यायिक इतिहासमा सबैभन्दा दुःखद् घटनाका रूपमा चार पूर्व प्रधानन्यायाधीशहरूको संयुक्त वक्तव्य जारी हुनुलाई मानिएको छ । यसअघि अदालतमा विचाराधीन मुद्दामा प्रधानन्यायाधीश भइसकेका व्यक्तिहरूले ‘फैसला शैलीको वक्तव्य’ जारी गरेर प्रभावित गर्ने प्रयास कहिल्यै गरेका थिएनन् । प्रतिनिधिसभा विघटन भएको नेपालमा यो (२०७७) समेत चौथो घटना हो । २०५१ मा तत्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट, २०५२ मा…