सन्त नेता कृष्णप्रसाद भट्टराईका खास हिमायतीमध्येका एक नेता, पूर्व मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कामाथि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न दबाब पर्न थालेको छ । नेता खड्कालाई किशुनजीका हितैषी तथा हिन्दूराष्ट्रका पक्षधरहरूबाट सभापतिको उम्मेदवार बन्न दबाब परेको हो । काङ्ग्रेसमा मन्त्री भएर पनि कहिल्यै कुनै विवाद र झमेलामा नपरेका सीमित नेताहरूमध्ये डा.…