वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण पुष्टि भएको बताइएको छ ।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएअनुसार पछिल्ला दिनमा सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेशनमा रहँदै आएका थिए ।
यस्तै पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पनि कोभिड १९ को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा श्रीमती तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको बास्कोटा स्वयमले जानकारी दिएका छन् ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको, आफूलाई लक्षण नदेखिएको र आफ्ना दुई छोराको रिपोर्ट चाहिँ नेगेटिभ आएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया