समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्न उत्प्रेरक बनोस् जितिया पर्व : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । जितिया पर्वका अवसरमा आज (२५ भदौ) शुभकामना सन्देश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम‚ विश्वास‚ सद्भाव र…