अछाममा दुई किशोरी मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण

अछामको ढकारी गाउँपालिका-८, पल्साँताका दुईजना किशोरी जङ्गलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ढकारी गाउँपालिका-८ की १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नं १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो । किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका…