दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा सहकार्य थप बलियो बनाउन नयाँ पहलको आवश्यकता औँल्याइएको छ । आज (५ पुस) देखि नयाँ दिल्लीमा सुरु नेपाल-भारत आर्थिक सम्मेलनमा वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागू गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको हो । सम्मेलनको ‘क्षेत्रीय सहकार्य’ विषयक सत्रका…