रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई उद्धार गरिएको छ । छालामा दरार र धेरै चोट लागेको ह्वेल बिहीबार डिहाइड्रेटेड अवस्थामा फेला परेको थियो । उद्धारकर्ताहरूले यसलाई ट्रकद्वारा नजिकैको नदीमा लगेर छोडेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रूसी समाचार संस्था आरआईए नोभोस्तीले जनाएको छ । अक्टोबरमा बच्चासहित ह्वेल परिवारको रिहाइपछि हालैका हप्ताहरूमा यस…