भारतीय दूतावासले मनायो आफ्नो ७५औँ गणतन्त्र दिवस

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गर्नुभयो । त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको…