सिमकार्ड डुप्लिकेसन गरी ६ लाख बढी ठगी गर्ने पक्राउ

सिमकार्ड डुप्लिकेसन गरी ६ लाख दुई हजार पाँच सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । प्रहरीले जनाएअनुसार…