'सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो', पोखराकी लक्ष्मी कार्कीले भन्नुभयो- 'यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।' पोखराबाट सोमबार बिहान २ः०० बजे गाडी भाडामा लिएर तनहुँको व्यास नगरपालिका-५ मानुङकोट आउनुभएकी उहाँले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'मानुङकोटका बारेमा धेरै सुनेका…