श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन् । घिरिङ गाउँपालिका–२ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछि कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्थामा ल्याएको जिकिरसमेत गरे । जनतालाई विभिन्न आश्वासन बाँडेर वाम गठबन्धनले मत पाए पनि जनताको…