वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूह विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७औँ साधारणसभाअन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा कूल ३३० मत प्राप्त गरेर विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् । सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका…