३७ महिनामा रसुवा भन्सारद्वारा १५ अर्ब राजस्व संकलन

तातोपानी नाका बन्द भई उत्तरी नाका रसुवागढीबाट चीनसँगको व्यापारिक कारोबार शुरु भएपछि रसुवा भन्सार कार्यालय टिमुरेले करिब रु. १५ अर्ब राजस्व सार्वजनिक भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार ०७२ मंसिरदेखि चालू आवको पुस मसान्तसम्म भ्याटसमेत गरी कुल रु. १५ अर्ब १२ करोड ६७ लाख राजस्व आर्जन भएकोे छ ।…