चौधौँ महाधिवेशनबारेका विविध सवालसँगै नेपाली काङ्ग्रेसभित्र हिन्दूराज्य स्थापनाको एजेण्डा स्थापित हुँदै गएको सो दलका शीर्ष पङ्क्तिका नेता एवम् अगुवा कार्यकर्तामाझ हुन थालेका चर्चा, छलफल तथा विचार–विमर्शले सङ्केत गरेको छ । तत्कालीन प्रभावशाली नेता खुमबहादुर खड्काले सशक्त रूपले हिन्दूराज्य स्थापनाको ‘महाअभियान’ नै शुरु गरेर हिन्दुत्वप्रति गर्व गर्ने तमाम नागरिकमा आशा जगाएका भए पनि उनको असामयिक देहावसानपछि…