■ विनोद नेपाल नेपालमा नेपाली काङ्ग्रेसको हविगत जस्तो छ त्योभन्दा नराम्रो अवस्था भारतमा कङ्ग्रेसको देखिएको छ । यद्यपि नेपालमा नैतिक जिम्मेवारी लिने वा लिनुपर्ने प्रचलन छैन, ठूलो प्रयासका बाबजुद सत्रौँ लोकसभा निर्वाचनमा पनि नराम्रो पराजय भोग्नुपरेपछि भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले नैतिकताको आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिए । राजीनामा फिर्ता लिई अध्यक्षमै रहिरहन…