समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

अशोक घिमिरे, छोनछिन (चीन) उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताउनुभएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो…