विश्वासको मत प्राप्त नहुने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष बिहीबार साँझ आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुखको निवास पुगेर उनले राजीनामापत्र बुझाएका हुन् । यसअघि बिहीबारकै लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो । आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले राजीनामा दिएका हुन्…