माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा

नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा गरेको हो । गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । एमाले कार्यालयले…