नेपालका लागि चीनका राजदूत होउ यान्छीले शुक्रबार (१९ वैशाख) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई शीर्षस्थ नेतासँग भेट गर्नुभएको सन्दर्भले राजनीतिक तहमा चर्चा पाएको छ । राजदूत यान्छीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई अलग–अलग नेताद्वयकै निवास पुगेर भेट गर्नुभएको थियो । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन…