सत्तारुढ दलभित्र पन्पिएको खिचातानी उत्कर्षमा छ । स्थायी कमिटीको बैठक बोलाएर पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई 'अपदस्त' तुल्याउने प्रचण्ड प्रयास जारी रहेकै बेला सोमबार विहान पार्टीका वरिष्ठ नेता माधव नेपालसँग प्रधानमन्त्री निवासमा केपी ओलीको वार्ता भयो । दुई शीर्ष नेताबीच सौहार्द्धपूर्ण वार्तालाप भएको र विगतदेखि नै अप्ठ्यारो परिस्थितिमा संयोजनकारी भूमिका दर्शाउने गरेका नेता नेपालले पार्टीलाई…