आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज (१२ माघ) भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो…